देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना प्रभावित देशमा जाने विद्यार्थीले तत्कालका लागि एनओसी नपाउने

0

काठमाडौं — सरकारले कोरोना प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसबाट अतिप्रभावित देशहरुमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो ।

चीन, दक्षिण कोरिया, जापान, हङकङलगायतका अतिप्रभावित मुलुकमा पढ्न जाने विद्यार्थीले तत्कालका लागि एनओसी पाउने छैनन् ।
प्रतिबन्ध फुकुवा गर्ने वा थप देशमा रोक लगाउने निर्णय कोरोना भाइरस संक्रमणको अवस्था हेरेर गरिने जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार