देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना बारे अफवाह फैलाउने अमेरिकी नौसेनाका एक कमाण्डर बर्खास्त

0

(एजेन्सी) – कोरोना भाइरसको संक्रमण बारे अफवाह फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमाण्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ । आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको संक्रमणबारे भ्रम फैलाएको आरोपमा कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको हो ।

नौसेनाले एउटा विज्ञप्ति मार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु नौसेना र देशको उच्चतम हितमा रहेको जनाएको छ । यूएसएस थियोडोर रुजवेल्टका कमाण्डरले भाइरस संक्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजार भन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए ।

जिम्मेवारीबाट हटाएपछि नौसेनाको नेतृत्वले क्रोजिअरले ’चेन अफ कमाण्ड बाहिर गएर काम गरेको’ जनाएको छ । क्रोजिअरले उक्त पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न निर्णायक कदमको माग गरेका थिए । नौसेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले कमाण्डर क्रोजिअरले ’निकै कमजोर निर्णयक्षमता प्रदर्शन गरेको जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार