देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

0

काठमाडौं – बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् ।

अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन् । युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ । भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ । तर, यो थप घातक रहेको वा नरहेको भन्ने बारे कुनै प्रमाण फेला परेको छैन । बेलायत हाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ ।

डब्ल्योएचओका आपत्‌कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताएका छन् । उनको यो भनाइ ब्रिटिश स्वास्थ्यमन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ ।

धेरै देशहरूले दक्षिण अफ्रिकाबाट आउने मानिसहरूलाई प्रतिबन्ध लगाइरहेका छन् । वास्तवमा त्यहाँ भाइरसको नयाँ संस्करण पनि छ जुन बेलायतमा फेला परेको भेरियन्ट भन्दा फरक छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार