देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छ – विश्व स्वास्थ्य संगठन

0

काठमाण्डौं – विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ । संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।

उनको भनाइ अनुसार विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो। आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छ । स्पेनिस फ्लू सन् २०१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो। यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो।

अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्। एजेन्सी ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार