देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना महामारी मुलुकको समृद्धिको अभियानमा बाधक : प्रधानमन्त्री

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीले मुलुकको समृद्धिको अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । नेपाल सम्वत् ११४१ को तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्दाचाल्दै पनि मुलुकको सामाजिक, आर्थिक र समृद्धिको अभियानमा अवरोध पुर्‍याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन आह्वान पनि गरेका छन् । कोरोना महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाएको उनले बताए ।

“महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको छ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए । उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रुपमा अंकित रहेको उल्लेख गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार