देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना रोकथाम कोषमा निगमको ५० करोड सहयोग

0

(काठमाडौं) – कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोषमा निगमले सो रकम सहयोग गरेको हो ।

सहयोग रकमको चेक निगमले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको निगमले जनाएको छ । राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्ने निगमको कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निगम सञ्चालक समितिको बुधबारको बैठकको निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार