देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना विरूद्ध लड्न सार्क राष्ट्रको सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

0

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  सार्कलाई दक्षिण एशियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणामोन्मुख क्षेत्रीय सङ्गठन बनाउनुपर्नेमा जोड दिएका छन् ।

भर्चुअल माध्यममा भएको संयुक्त राष्ट्र संघको ७५ औं महासभामा सार्क मन्त्री स्तरीय भएको साइड लाइन वार्तामा मन्त्री ज्ञवालीले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्‍न सकिने परिवर्तन ल्याउनु पर्ने बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरस विरूद्ध लड्न सार्क राष्ट्रहरूको गहिराे सहकार्य आवश्यक रहेको बताए । भर्चुअल मिटिङमा उनले भाइरसविरूद्ध लड्न र त्यसको प्रभावलाई कम गर्दै पुरानै लयमा फर्काउन गहिराे सहकार्य आवश्यकता रहेको बताएका हुन् ।

ज्ञवालीले कोभिड–१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिक रुपमा सघनताका साथ लाग्नुपर्ने आवश्यकता औँल्याए । बैठकमा सबै सदस्य मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रीको सहभागिता थियो ।

छ वर्षदेखि अवरुद्ध  दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यावहारिक सबै विकल्प खोजी गर्न नेपालले सदस्य देशलाई आह्वान गरेको छ ।

सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका निम्ति  सदस्य राष्ट्रलाई आह्वान गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार