देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु

0

काठमाडौं – नेपालमा कोरोना संक्रमणको कारण थप दुई जनाको ज्यान गएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार आज १७१ जनामा संक्रमण पुष्टि भएको र दुई जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ । मंगलबार ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार