देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

0

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने महिलामा मोरङकी ६० वर्षीया, काठमाडौँकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया रहेका छिन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार