देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट भारतमा एकैदिन १०३ को मृत्यु

0

(काठमाडौं) – छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहान साढे ११ बजेसम्म त्यहाँ संक्रमितको संख्या ५६ हजार ३ सय ४२ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट बिहीबार एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको संक्रमणबाट सबै भन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म ६ सय ९४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ हजार ९ सय ७४ पुगेको छ ।

गुजरातमा ४ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार १२ पुगेको छ । मध्य प्रदेशमा शुक्रबार बिहानसम्म कोरोना संक्रमणबाट १ सय ९३ जनाको ज्यान गइसकेको छ । ३ हजार २ सय ५२ जना संक्रमित छन् ।

यस्तै, पश्चिम बंगालमा १ सय ५१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ५ सय ४८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार