देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकको मृत्यु

0

रूपन्देही – भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

होम आइसोलेसनमा बसेका ४७ वर्षीय ती पुरुषको स्वास्थ्यमा थप समस्या भएपछि असोज १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार