देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु

0

ललितपुर – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ ।

संक्रमणबाट जावलाखेलस्थित अल्का अस्पताल र एकान्तकुनास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो । उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै, एकान्तकुनास्थित मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो । उनी गत भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार