देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु

0

राजविराज – कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका-३ की ६२ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा उनको आइतबार साँझ ६ बजेतिर मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै समयमा उनको स्वाब संकलन गरिएको थियो ।

आइतबार साँझ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालबाट साइकृष्ण मेडिकल कलेजको आइसोलेसन लगिएको थियो । आइसोलेसन केन्द्रमा गएको केहीबेरमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार