देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमण बढेपछि फ्रान्समा कर्फ्यु

0

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुन: तीब्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्तमा आजबाट लागू हुनेगरी साँझ ६ बजेदेखि नै कर्फ्यु लगाउने भएको छ ।

फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको आवश्यकता औँल्याए । यसअघि राति ८ बजेबाट कर्फ्यु लगाउने तयारी गरिएको थियो ।

क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको भन्दै विशेषत: समुन्द्री तट र पहाडी तथा हिमाली क्षेत्रमा कर्फ्यु लगाएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।

यस्तै जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने उनले बताए । हालको संशोधित कर्फ्यु तोकिएका क्षेत्रहरुमा समान रूपमा लागू हुनेछ ।

सहर र ग्रामीण क्षेत्रको बिचमा कुनै भेदभाव गरिने छैन । घरबाट अत्यावश्यक काममा हिँड्नेहरुले स्वीकृति पत्र लिएर हिँड्नुपर्ने नियम बनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार