देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्न बजेट निकासा

0

काठमाडौं – सरकारले सातवटै प्रदेशमा कोरोना भाइरसको उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्न बजेट निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २/२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २/२ करोड रुपैयाँ बजेट निकासा गरेको संसदीय समितिलाई जानकारी दिएको हो ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिए ।

ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्न २३ जना विशेषज्ञ चिकित्सक पठाउने तयारीमा रहेको उनले बताए । पोखरेलले काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको पनि बताए ।

मुलुकभर एक हजार ७५ टीम पठाइएको बताउँदै पोखरेलले संक्रमण बढी भएका ठाउँमा ट्रेसिङ गर्ने टीम थपिंदै जाने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार