देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमितको उपचारको पूर्ण जिम्मेवारी लिन कांग्रेसको माग

0

काठमाडौं – प्रमुख प्रतिक्षी नेपाली कांग्रेसले कोरोना परीक्षण र संक्रमितको उपचारको तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले बिहीबार एक विज्ञिप्त जारी गर्दै कोरोना परीक्षण र संक्रमितको उपचारको जिम्मेवारी बहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना बताए ।

कोभिड–१९ को संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका नागरिकका लागि राहतको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । नेपालको संक्रमण दर अन्य देशको तुलनामा उच्च देखिएको भन्दै स्थिति थप भयावह हुँदै गएको संकेत देखिएको कांग्रेसको भनाई छ ।

मुलुकमा कोरोनाको संक्रमण रोक्न सफल भएको सरकारको दाबी विरोधाभाष र गैर जिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना भएको सहमहामन्त्री महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी र नागरिक समाजबाट भएको विरोधका बाबजुद पनि सरकार कोभिड–१९ संक्रमितको नि:शुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिएर सरकारले आफ्नो अक्षमता प्रस्तुत गरेको कांग्रेसले जनाएको छ ।

सरकारको गैर जिम्मेवार पूर्ण निर्णयका कारण सरकारी अस्पतालले समेत उपचार अघि नै निश्चित धरौटी बुझाउनु पर्ने सूचना जारी गरेका कारण खर्च जुटाउन नसकेर संक्रमित उपचार नपाएर घरमै बस्नु पर्ने बाध्यता छ ।

सत्तारुढ दलका नेताका नाममा दर्ता भएका संघ–संस्थालाई अर्बौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खच, कोभिड—१९ संक्रमण रोक्ने नाममा ठूलो रकम दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नुपर्ने स्थितिमा बजेटको अभाव देखाउँदै जिम्मेवारीबाट पन्छिनुले सरकार जिम्मेवारी बहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना भएको कांग्रेसको भनाई छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार