देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने स्पेनमा उद्धारकर्ता हड्तालमा

0

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका लागि कर्मचारी थप्नुपर्ने माग सहित स्पेनका उद्धारकर्ता हड्तालमा उत्रिएका छन् ।

गत मार्चमा कोरोना संक्रमणको पहिलो लहर चलेसँगै आफूहरुले उठाएको माग अझैसम्म सुनुवाई नभएको भन्दै उद्धारकर्ता हड्तालमा उत्रिएको बीबीसीले जनाएको छ । मुलुकभरका उद्धारकर्ता सो हड्तालमा सहभागी थिए । ए

क जनाको शव व्यवस्थापनका लागि १५ देखि २० जनाको आवश्यकता पर्ने भएकाले सोही अनुसार संख्या बढाउन उनीहरुले माग गरेका हुन् । कोरोना संक्रमितको संख्याको आधारमा स्पेन विश्वमा छैठौं स्थानमा छ ।

त्यहाँ हालसम्म ११ लाख ८५ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ भने ३५ हजार ८ सय ७८ जनाको संक्रमणका कारण ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार