देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमित अर्का एक पनि उपचारपछि निको, डिस्चार्जको तयारी

0

(काठमाडौं) – कोरोना भाइरसको संक्रमण पछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का पुरुष उपचारपछि निको भएका छन् । पीसीआर विधिबाट परीक्षणका क्रममा उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनी स्वस्थ्य भएर आजै डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका २१ वर्षीय पुरुषलाई डिस्चार्ज गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमित चार जना उपचारपछि निको भएका छन् । अहिलेसम्म संक्रमित ३१ जनामध्ये टेकु अस्पतालमा एक जना, पाटन, भरतपुर र बाग्लुङमा दुई दुई, सेती प्रादेशिक अस्पताल धनगढीमा ४, वीरगञ्जमा चार र विराटनगरमा १३ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार