देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमित तनहुँकी ५० वर्षीया महिलाको मृत्यु

0

पोखरा – उपचारको क्रममा पोखराको कास्की सेवा अस्पतालमा सोमबार राति मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार राति मृत्यु भएपछि उनको स्वाबको परीक्षण गर्दा मंगलबार बिहान पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

निमोनिया देखिएपछि ती महिला साउन ३२ मा उक्त अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई मुटु रोग र मधुमेह समेत रहेको अस्पतालका निर्देशक डा. पदम खड्काले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार