देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमित नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको मृत्यु

0

नवलपरासी – कोरोना भाइरसको संक्रमणबाट नवलपरासी पश्चिमका नेपाली कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिमएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।

रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनलाई गत शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो । कोरोना संक्रमण देखिएपछि साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरको सहायतामा उपचाररत उनको गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको थियो ।

अहिले उनको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार