देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमित मुख्यमन्त्री पौडेल गंगालालमा

0

काठमाडौं –  कोरोना भाईरसको संक्रमण देखिएपछि सरकारी निवासको आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

पौडेललाई बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसेका उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकास दाहालले जनाएका छन् ।

मुख्य मन्त्री पौडेललाई गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारका लागि लगिएको छ । अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

पौडेललाई सामान्य रुघा लागेको भएतापनी हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाइएको पौडेललको सचिवललयले जानकारी दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार