देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोलकत्तासँग राजस्थान रोयल्स ३७ रनले पराजित

0

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सक्यो । राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार