देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशीको ‘फ्लोर क्रस’ गम्भीर र चिन्ताजनक भएको गठबन्धन बैठकको निष्कर्ष

0

काठमाडौं – सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको ‘फ्लोर क्रस’ गम्भीर र चिन्ताजनक विषय भएको जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको विषय र अन्य प्रदेशको नतिजाका विषयमा छलफल भएको बताए। बैठकले सो विषय गम्भीर र चिन्ताजनक भएको निष्कर्ष निकालेको उनको भनाई थियो ।

तर कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले स्पष्ट पारेका थिए।

राष्ट्रियसभाका अध्यक्ष चयनका विषय, राजनीतिक एजेण्डा लगाएतका विषयमा पछि छलफल हुने लेखकले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार