देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, सपथ आइतबार

0

काठमाडौं – कोशी प्रदेशको दोस्रो कार्यकालको पाँचौ मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् ।

सांसदहरुको हस्ताक्षरको प्रमाणिकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन् ।

कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

सोही हक दाबी गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।

यसैबिच नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ भोलि आइतबार लिने भएका छन्। उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उनका निजी सचिव नरेन्द्र श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। ‘माननीय केदार कार्कीले ४७ सांसदको सनाखत गराउनुभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ’, श्रेष्ठले भने, ‘भोलि दिउँसो १ देखि ३ बजेभित्र शपथ हुन्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार