देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशी प्रदेशमा आज मत विभाजन हुँदै

0

काठमाडौं – बिहीबार स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक शुक्रबार (आज)  बिहान ११ बजे बस्दैछ । बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि बैठक स्थगित गरिएको थियो ।

विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

३० मिनेटका लागि बैठक स्थगित भएपछि प्रदेशसभाबाट बाहिरिँदै गर्दा सदनमा उठेका प्रश्नको जवाफ तयार गरेर आउने बताएका मुख्यमन्त्री कार्की फर्किएनन् ।

त्यसपछि सभामुख बाबुराम गौतमले राति साढे ९ बजे दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि शुक्रबार (आज) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनका लागि आज ११ बजे बैठक बस्ने बताए । विश्वासको मत विभाजन अघि मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि १ मत कम छ ।

प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ । ४६ मध्ये एक सिट रहेको जसपाले विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार