देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशी सरकारविरुद्ध केदार कार्कीको रिट सुनुवाइ हुँदै

0

काठमाडौं – कोशी प्रदेश सरकार गठन विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै निवर्तमान मुख्यमन्त्री एवं काँग्रेस सांसद केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । तर, एक न्यायाधीशको एक पटक र दुई न्यायाधीशको इजलासमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ नै पूर्ण इजलासमा परेको छ ।

कोशी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै न्यायाधीशद्वयको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार