देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोसी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

0

विराटनगर – कोरोना भाइरसको संक्रमणबाट मोरङकी एक वृद्धाको मृत्यु भएको छ । विराटनगरकी ७२ वर्षीया कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–१४ जतुवाकी ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको हो ।

असोज ५ गते संक्रमण कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । ती वृद्धामा श्वासप्रश्वासका साथै मिर्गौलामा समेत समस्या थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार