देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोसी नामकरणमा एमालेलाई समस्या छैन – मुख्यमन्त्री कार्की

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का अगाडि धेरै समस्या नरहेको बताएका छन् ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पीपीएलए)को कोसी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोसीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले भने, “कोसी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन । बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।”

तत्कालीन प्रदेश नं १ को कोसी नामकरण ठिक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोसी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

मुख्यमन्त्री कार्कीले कोसी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे । सो अवसरमा कोसी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार