देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’- बालेन

0

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर साहले दिएका हुन् ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् ।

जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने उनले भनेका छन् ।

‘को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

मेयरको सचिवालयको अनुसार बन्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमा अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरिएको थियो । तर ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार