देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्यारबियन क्षेत्रमा गयो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

0

मध्यबिन्दु/एजेन्सी – क्यारबियन क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा पानीको सतहबाट १० किलोमिटर तल केन्द्र बनाएर भूकम्प गएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस गरिएको बीबीसीले जनाएको छ ।
यद्यपी अहिलेसम्म कुनै मानवीय क्षती भएको समाचार प्राप्त भएको छैन ।

अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुका कार्यालयहरु केही समयका लागि खाली गरिएका थिए ।
भूकम्प लगत्तै अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिए पनि अहिले स्थिति सामान्य बन्दै गएकाले सुनामीको चेतावनी भने फिर्ता लिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )