देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

0

काठमाडौं – अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट गरेको छ ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ ।

जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि आज दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, आज पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले जारी विज्ञप्तिमा भनिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार