देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना काठमाडौं बाट पक्राउ

0

काठमाडौं – प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् ।

काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार