देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रियाशील सदस्यता छानविन समितिको संयोजक रमेश लेखकलाई बनाउने सहमति

0

काठमाडौं – नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखकलाई बनाउने सहमति भएको छ ।आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलमा छाानविन समितिको संयोजक लेखकलाई बनाउने सहमति भएको एक नेताले जानकारी दिए । पार्टी सभापति देउवा निकट लेखकले १३ औं महाधिवेशनको छानविन समितिको सदस्यका रुपमा काम गरेको थिए ।

गत माघ १३ गते भएको केन्द्रीय कार्यसमिति बैठकमै छानबिन समितिको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भएको थियो । १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।

तर आचार्यले आफ्नो स्वस्थ अवस्था देखाउँदै जिम्मेवारी अस्वीकार गरेपछि साझा व्यक्तिको खोजी भएको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले लेखकको नाम अगाडि सारेका थिए । आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग थियो । तर आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ ।

समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने पूर्वसहमति छ । समितिले पार्टीको महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरण र नवीकरणमा हुने चलखेलको विषयमा छानविन गर्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार