देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रोसिया र बेलायत भ्रमण स्थगित गरेर स्वदेश फर्कँदै नेपाल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् ।

स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल १ भदौमा स्वदेश फर्किने कार्यक्रम थियो ।

तर स्विट्जरल्यान्डपछि हाल स्पेनमा रहेका नेपाल क्रोसिया र बेलायत भ्रमण स्थगित गरेर स्वदेश फर्कन लागेका हुन्।

नेपाल आइतबार नै स्वदेश फर्किने तयारी रहे पनि टिकट मिलिनसकेको उनि निकट एक नेताले बताए । आइतबारको टिकट नमिलेपछी उनी सोमबार फर्किन लागेका छन् ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको पालामा भएका भएका निर्णयलाई लिएर अदालतले छानबिन गर्न आदेश दिए लगत्तै युरोप उडेपछी उनको आलोचना भएको छ ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रममा सहभागी नेपाल २२ साउनमा टर्कीको इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका थिए ।

नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्ने जिम्मवारी उपाध्यक्ष डा. बेदुराम भुसाललाई दिएका छन् । भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार