देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्वारेन्टाइनबाट तीन युवा फरार

0

(नवलपरासी) – पूर्वी नवलपरासीको कावासोतिमा क्वारेन्टाइनबाट तीन जना भागेका छन् । भारतबाट आएका १ जना र उनको सम्पर्कमा पुगेका दुई गरी ३ जनालाई सोमबार क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु मंगलबार बिहान फरार भएको वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए । सोमबार साँझ कावासोती–३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएका ३ जना मंगलबार बिहानै भागेका हुन् । क्वारेन्टाइनको सुरक्षाको जिम्मा नगर प्रहरीलाई दिईएको छ ।

स्थानीयले नगर प्रहरी र जनप्रतिनिधीको लापरवार्हीको कारण कवारेन्टाइनमा बसेका युवा भागेको भन्दै तत्काल खोजी गरेर स्वास्थ्य जाँच गर्न माग गरेका छन् । क्वारेन्टाइनबाट भागेकामध्ये कावासोती–१ का अर्जुन परियार ३ दिनअघि भारतको लुदियानाबाट घर आइपुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार