देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्षतीको केन्द्र हेलम्बु, राहतको केन्द्र मेलम्ची

0

भवनाथ आचार्य – गत असार १ गते आएको बाढिका कारण विक्षिप्त बनेको हेलम्बु- मेलम्ची क्षेत्रमा दर्दका घाउहरु चर्किरहेका छन् । बाहिर सामाजिक सञ्जालहरुमा जे जसरी प्रचारबाजीहरु भइरहेका छन् यथार्थ त्योभन्दा विल्कुलै फरक रहेको अवस्था छ ।

शनिबार एक सूचना जारी गर्दै हेलम्बु गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण बारे गराएको जानकारी अनुसार वडा नम्बर १ मेलम्ची नदिको मुहानक्षेत्रमा पर्ने सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे हाे ।

विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ । सूचनामा चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएकाे जानकारी दिँदै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ ।

हेलम्बु गाउँपालिकाका ७ वटा वडा मध्ये वडा नं ५ बाहेकका ६ वटा वडाका नदि किनारमा रहेका सयौं घरहरु मात्रै अलप भएनन् हजारौं रोपनी गरिखाने खेतपनी बगरमा परिणत भएको छ । यसका साथै पछिल्लो समय हेलम्बुको पहिचाहन बन्दैगरेको करोडौंको रेन्बो ट्राउट माछापालन ब्यबसाय पनी बालुवमा बिलिन भएको छ ।

हेलम्बु-२ किउलका बाबुराम भण्डारीले आफ्नो जिवनको आडिलो भरोसा ३१ बर्षे लक्का जवान छोरो त गुमाए नै त्यसका साथै झण्डे सात दशक आफ्नो जिवनका हाड नङ्ग्रा खियाएर जिविकोपार्जन गर्दै आएको १२ रोपनी खेत अब लालपुर्जामा मात्रै सिमित भएको छ । हेलम्बुका बाबुराम त प्रतिनिधी पात्र मात्र हुन् । उनको परिवारमात्रैको करिब ५० रोपनी जग्गा खोलाको बगरमा परिणत भएको छ ।

२० जनाको ज्यान लिएको मेलम्चीको बाढीले सयौं परिवारलाई घरबारबिहीन मात्रै बनाएन हेलम्बु मेलम्ची नदि आसपासका हजारौं खेतियोग्य जमिन बगरमा परिणत गराइदिएको छ ।

उक्त बाढिका कारण हेलम्बुका तिम्बु, किउल, चनौटे, ग्याल्थुम लगायतका स्थानिय बजारहरु ध्वस्त भएका छन् । यस्तै सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित मेलम्चीबजार र तालामाराङ बजार रातारात बगरमा परिणत भएको छ ।

मेलम्ची खानेपानी आयोजना बनेपछी त्यताको जग्गा जमिन अमुल्य हुन्छ भन्ने सुनेर २०५२ सालमा काठमाडौंको जोरपाटीमा रहेको पक्की घर बिक्रिगरी हेलम्बु-२ गणेशे बगर नजिकै करिब ५ रोपनी खेत बगरमा परिणत भएपछी हेलम्बू-२ टारका ७४ बर्षिय मङ्गल भण्डारी भावुक हुँदै भन्छन् “आफुले जिन्दगीभर हाडछाला खियाएर आर्जन गरेको सम्पत्ती क्षणभरमै स्वाहा भयो ।” स्थानिय भुमेश्वरि माविको भवनमा आश्रय लिएर बसेका भण्डारीले मन गाँठो पारेर भने ‘”कमाएको त सबै गुम्यो तर पाखुरी बजारेर खानेठाउँ समेत सबै लगेर सुकुम्बासी बनायो ।”

मानविय समवेदनाका आधारमा विपत्तीमा सहयोग गर्नै प्रचलन अनुरुप स्वभाविक रुपमा सिन्धुपाल्चोकका बाढीपिडित हरुलाई राहत वितरणका कार्यहरु धमाधम भइरहेका छन् । तथापी राहत वितरण कार्य विभेद र शहर केन्द्रित भएको स्थानियको आरोप छ ।

मेलम्चीको मुहानक्षेत्रमा पर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् “क्षतीको केन्द्र हेलम्बु भएपनी राहतको केन्द्र मेलम्ची बजार भएको छ ।” हेलम्बुका सबै क्षेत्रहरु सखाप हुँदापनी अहिलेसम्म माथिल्लो सरकारी निकायबाट कुनै पहलकदमी नभएकोले यो विपत्तिमा एक्लो महसुस भएको भन्दै अध्यक्ष शेर्पा भन्छन् “बाढी पहिरोको मुख्य प्रभावित क्षेत्रमा ध्यान नदिइ मन्त्री देखी सिडियो अनी सुरक्षाकर्मी सबै सुविधा सम्पन्न क्षेत्रमा केन्द्रित भएर बस्नु दुखद कुरा हो ।” “दिनकै मेलम्चीमा उच्च अधिकारीहरुको बैठक बसेको भन्ने सुन्छु कहाँको लागी कै निर्णय हुन्छ मलाइ केहि जानकारी छैन ।” उनले भने “वास्तविक पिडितकालागी सकयोग गर्ने मनसाय हो भने हेलम्बुलाई केन्द्रमा राखेर अभियान चलाउनुपर्छ ।”

हेलम्बुको सबैभन्दाबढी प्रभावित (जहाँ मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र समेत पर्दछ) का वडा अध्यक्ष मिङमार तामाङ भन्छन् “बाढी पहिरो पछी हेलम्बुको आकाशमा दैनिकजसो ५-७ वटा हेलिकप्टरहरु उडिरहेको देखिन्छ तर त्यो कसको लागी र किन उडेको हो हामिलाई केहि जानकारी छैन ।”

अहिले मेलम्ची बाढीपिडितलाई रहातकोलागी भनेर थुप्रै संघ संस्था व्यक्ती समुदायले सहयोग गरेतापनी सडक सञ्जालको असुविधाका कारण ति राहत र सहयोगका सामाग्रीहरु मेलम्ची देखी चनौटेसम्मै अड्किनेगरेको स्थानियहरुको गुनासो छ । स्थानिय पासाङ तामाङका अनुसार अहिले तत्काल बाढीपिडितका लागी खाद्यान्यका अलावा सुरक्षीत आवासको व्यवस्थापन जरुरी छ ।

विद्युत र टेलिफोन अवरुद्ध भएका कारण हेलम्बुका हलेदे खर्चुङ तिम्बु सर्कथली नाकोते चालिसे लगाएतका बस्तीहरु अझै सम्पर्कविहिन छन् । सबैभन्दा पहिले हेलम्बुवासीलाई वैकल्पिक सडक सञ्जालका माध्यमबाट जोड्न सके स्थिति समान्य बन्दै जाने अध्यक्ष शेर्पाको भनाइ छ ।

यहि क्षेत्रबाट संघिय सांसद जितेर अहिले स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर तामाङ तत्कालकालागी मानविय जिवन रक्षानै महत्वपुर्ण भएको बताउँछन् । तर यस विपत्तीको दिर्घकालिन योजना भने तत्कालै बन्न नसक्ने उनको भनाइ थियो ।

No description available.

No description available.

No description available.

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार