देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खतिवडा पुनः अर्थ र सञ्चारमन्त्रीमा नियुक्त, आजै शपथ लिने

0

काठमाडौं – डा.युवराज खतिवडा अर्थमन्त्री र सञ्चारमन्त्रीमा पुनः नियुक्त भएका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई  पुनः नियुक्त गरेका हुन् ।

राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिनु केही घण्टा अघि मात्र उनले मंगलबार पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीको सिफारिसमा खतिवडालाई अर्थमन्त्री र सञ्चारमन्त्री दुबैको जिम्मेवारी दिइएको  राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

नेपालको संविधान अनुसार खतिवडा अब ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

खतिवडाको पद तथा गोपनीयताको सपथ आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा हुने जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार