देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच राय बाझियो, अब के हुन्छ ?

0

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच मत बाझिएको छ ।

उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।

फैसलामा न्यायाधीश पाण्डेले खाँणविरुद्ध किटानी जाहेरी नपरेको, आफ्नो कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरुले पनि कसुरमा संलग्न रहेको भनी पोल नगरेको र मिसिल संलग्न अन्य प्रमाणबाट पनि खाँणलाई थुनामा राख्ने आधार कारण र अवस्था नरहेको उल्लेख गरेका थिए । न्यायाधीश पाण्डेले खाँणलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ बमोजिम ३० लाख धरौटीमा छाड्नुपर्ने राय पेश गरेका थिए ।

तर, अर्का न्यायाधीश खरेलले भने पाण्डेको आदेश रायसँग असहमति राख्दै प्रतिवादीहरु टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल सन्देश, अर्का प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज र प्रतिवादी पाण्डेले दिएको बयानका आधारमा खाँण अभियोग दाबी कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने आधार नदेखिएको राय प्रस्तुत गरेका छन् । यससँगै खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने न्यायाधीश पाण्डेको रायसँग न्यायाधीश खरेलले असहमति जनाएका हुन् ।

खाणको मुद्दा अब तेस्रो न्यायाधीशको इजलासमा पेस हुनेछ। उच्च अदालत पाटनमा रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार खाणको मुद्दा अब एक न्यायाधीशको इजलासमा पेस हुनेछ। अदालतले पेसीमा एक जना न्यायाधीशको इजलासमा खाणको मुद्दा पेस गर्नेछ। उक्त दिन न्यायाधीश पाण्डे वा खरेल कसको रायमा सहमत हुने भनी बहस हुनेछ। उक्त बहसपछि न्यायाधीशले निर्णय दिनेछन्। न्यायाधीशले पाण्डेको रायमा सहमत जनाएमा खाण धरौटीमा रिहा हुनेछन् भने खरेलको रायमा सहमत भएमा उनी पनि थुनामै रहनेछन्।

के छ कानुनी व्यवस्था ?

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार