देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढ्यो

0

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपालमापनि इन्धनको मूल्य बुधबार राति १२ बजेदेखि लागुहुनेगरी बढाइएको आयल निगमले जनाएको छ ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेल लिटरमा तीन–तीन रुपैयाँ बढाइएको छ। डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २२ रुपैयाँ र पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए।

त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ र अन्थर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि भएको छ।

हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरको एक सय ६ रुपैयाँ कायम गरिएको छ। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार