देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खुमलटारमा प्रचण्डसहितका पाँच भाइको बैठक

0

काठमाडौं – सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार बोलाइएको सचिवालय बैठकका पूर्व सन्ध्यामा बिहिबार साँझ अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास खुमलटारमा पाँच भाइको राणनीतिक बैठक बसेको छ । प्रचण्ड निवासमा बसेको सो बैठक खासगरी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नै केन्द्रित भएको बुझिएको छ ।

विहीबार साँझको सो बैठकमा बहुमत सचिवालयहरु प्रचण्डसहित, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठगरी पाँच जना रहेका थिए । उनीहरुबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

यसअघि निकै लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सहमत भएका थिए र सोही बमोजिम शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको  छ । मंगलबार मात्र पनि अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

पछिल्लो समयमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको असमझदारी थप बढेको कारण अध्यक्ष ओली बैठक नै नबोलाउने अडानमा रहेका थिए । तर उनले नबोलाए पनि अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकतर्फी निर्णय गर्ने जनाएपछि ओली नै भोलिका लागि बैठक बोलाउन सहमत भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार