देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खुलामञ्चमा खाना बाँड्दै भट्टराई

0

काठमाडौं – कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए ।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे । बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै आउँदा कतिपयले आफ्नो बाध्यता पनि सुनाए ।

पछिल्लो ६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन उनी खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै सह्राना गरेको भन्दै पन्तले भट्टराईको यो कार्यले आफुलाइ हौशला मिलेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार