देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति दिने सरकारको निर्णय

0

काठमाडौं  – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि ठप्प रहेको खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमति दिएको छ ।

सरकारले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै खेलकुदका प्रशिक्षण गर्न दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार समेमलनमा जानकारी दिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओलम्पिक खेलकुदमा सहभागिता, फुटबल, क्रिकेट, भलिबल जस्ता विदेशमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन अनुमति दिने निर्णय गरेको हो ।

त्यस्तै, कोरोना महामारीका कारण स्थगित भएका फुटबलको विभिन्न डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न पनि सरकारले अनुमति दिएको छ । सरकारले लकडाउन सुरु गर्नुअघि फुटबलको बी र सी डिभिजनका साथै प्रदेश लिग र महिलाको राष्ट्रिय लिग चलिरहेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले स्थगित लिगहरु पुन: सुरु गर्नका लागि आवश्यक तयारी गर्न सरकारले दिएको अनुमति सकारात्मक भएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार