देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खेलाडी तथा स्टाफले रंगशालाभित्र मास्क लगाउन नपर्ने

0

(एजेन्सी) – कोरोना भाइरसको संक्रमणका कारण बन्द भएको इंग्लिस प्रिमियर लिग फुटबल पुनः सुरुपछि खेलाडी तथा स्टाफले रंगशालाभित्र मास्क लगाउन नपर्ने भएको छ ।

कोरोना भाईरसबाट जोगिन अन्य क्षेत्रमा मास्क अनिवार्य गरिएपनि प्रिमियर लिग सुरुपछि मैदान भित्र भने खेलाडीले मास्क लगाउँन नपर्ने भएको हो । तर, खेलाडीले मैदानमा थुक्न, नाक सफा गर्न र गोल गरेपछि सामाजिक दुरी भने कायम राख्नु पर्नेछ ।

यस्तै लिग सुरु भएपछि बल ब्वाई र गर्ल्स हुने छैनन् । कोरोनाको कारण गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुरु हुँदैछ । जुन १७ मा हुने पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्डबीचको प्रतिस्पर्धा हुनेछ । यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ ।

म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो । जर्मन बुन्देस्लिगामा भने खेलाडी र स्टाफले खेलको बेला बाहेक सबै समयमा मास्क लगाउनु पर्ने नियम छ । प्रिमियर लिगमा चेन्जिङ रुम वा बेंचमा पनि मास्क लगाउन अनिवार्य नगरिएको बताईएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार