देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खैरो हेरोइन सहित एक युवती पक्राउ

0

(काठमाडौं) – लागू औष खैरो हेरोइन सहित एक युवतीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसतासी नगरपालिका–११ की २३ वर्षीया बिना डाँगी रहेका छन् ।

काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा डाँगीलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको हो ।

प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार