देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खोटाङका १० मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी

0

काठमाडौं – स्थानीय तहको निर्वाचनमा खोटाङका १० स्थानीय तहमध्ये कांग्रेसले ६ अर्थात सबैभन्दा बढी पालिकामा जित हासिल गरेको छ ।

कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, साकेला, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको नेतृत्व हात पारेको हो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अन्य स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।

एमालेले ऐसेलुखर्क र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मात्र जित हासिल गरेको छ भने माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा नतिजा आफ्नो पक्षमा पारेको छ ।

यसपल्टको निर्वाचनमा सबैभन्दा बढी क्षति एमालेलाई भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहको नेतृत्व पाएको एमाले यसपल्ट गठबन्धनका कारण दुई स्थानीय तहमा खुम्चिन पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार