देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

0

खोटाङ – जिप दुर्घटनामा परी खोटाङमा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे २ मिटर तल खसेको थियो ।

दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, नौ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ कै ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीय नविना राई घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ । जिप चालक उदपयुर चौदण्डीगढी नगरपालिका ६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार