देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गगन थापाको पहलमा कपन डुबान नियन्त्रणकाे नयाँ आयोजना सुरु

0

काठमाडौं – काठमाडाैँ क्षेत्र नं ४ का सांसद तथा नेका महामन्त्री गगन थापाको पहलमा कपन डुबान नियन्त्रणकाे नयाँ तथा दीर्घकालिन आयोजना औपचारिक रुपमा अघि बढेको छ ।

कपनको डुबानको समस्या गम्भीर रहेको र साना आयोजनाबाट यसको समाधान खोज्न सम्भव नभएपछि नेपाली काँग्रेसका महामन्त्री एवं त्यस क्षेत्रका माननिय सांसद गगन कुमार थापाले यसकै लागि विशिष्ट आयोजनाको परिकल्पना गरेका हुन् ।

सिंहदरबारस्थित काडमाडौं उपत्यका विकास प्राधिकरण रहेको घरमा औपचारिक रुपमा बाेर्ड नै टाँसेर आयोजना सुरु गरिएको हो ।

धोबीखोला करिडोर तथा कपन-बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामक यस आयोजनाले कपन डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नको लागि विशेष योजना र कार्यक्रम ल्याउने आयोजनका परिकल्पनाकार तथा सांसद गगन कुमार थापा बताउँछन् ।

कपन डुबानको समाधानका लागि खोजिएका अल्पकालीन उपायले प्रभावकारी काम नगरेपछि दीर्घकालीन समस्या समाधानका लागि गगन थापाको परिकल्पनामा भदौ पहिलो साता आयोजनाको घोषणा गरिएको थियो ।

विसं २०५४ पछि तत्कालिन अध्यक्ष मिठाराम अधिकारीले स्थानीय खोला किनारवासीको  मागअनुसार कपनका सबै खोलामा जबर्जस्ती ढल हाल्ने निर्णय गराएपछि सुरु भएको डुबान समस्या समाधानको अल्पकालीन उपायको लागि केन्द्र सरकारकै झण्डै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार