देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छु – विश्वप्रकाश शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन आफु तयार रहेको बताएका छन् ।

प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग झापामा कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

कांग्रेसबाट अबको प्रधानमन्त्री को हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘मैले पहिलो पटक निर्वाचित भएर गइसकेपछि आफैंलाई प्रधानमन्त्रीमा अघि सार्नु व्यावहारिक हुँदैन । त्यसैले विश्वप्रकाश शर्मा गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छ । गगन थापा आन्दोलनमा सफल भए, जनताका बीचमा गएर पटकपटक निर्वाचित भए र मन्त्री भएर पनि बेदाग भएर फर्किए । त्यसैले उनलाई प्रधानमन्त्री बनाउन केही समस्या छैन ।’

उनले झापा १ को परिणाम सत्ता गठबन्धनको पक्षमै आउने दाबी गर्दै भने ‘म जन्में यहीं, हुर्कें यहीं, मर्ने पनि निन्दा नदीको किनारमै हो । यहाँका नागरिकले फराकिलो हृदय बनाएर बसेका छन् । जनताले गाडी कुदाउन सक्छ कि सक्दैन भनेर दुई पटक जाँचे । लाइसेन्सको ट्रायल फेल भएँ । २०७० र २०७४ मा आफूले हारे पनि जितेको साथीलाई मुस्कुराउँदै माला लगाइदिएँ । मलाई विश्वास छ, यस पटक गठबन्धन पनि भएकाले मलाई माला लगाउने अवसर मिल्ने छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार