देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गगन थापा लगायत ४ सांसदद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

0

काठमाण्डौं – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापासहित ४ सांसदले संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

विगत केही हप्तादेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको अवस्थामा वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

जरुरी महत्वको प्रस्ताव दर्ता गर्नेमा थापासहित भीमसेन दास प्रदान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ रहेका छन् ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार