देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनकाे बैठक निष्कर्षविहीन, शुक्रबार बिहान फेरि बस्ने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक अर्काे बैठक भाेलि शुक्रवार बिहान ९ बजे बस्नेगरी विना निष्कर्ष सकिएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहान ९ बजेका लागि बाेलाइएकाे माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पास गर्न समय दिएकाले प्रधानमन्त्री देउवा तत्कालै संसदमा पेस गर्ने पक्षमा छन् । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार